२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

शिल्पा-छवि काण्डपछि केकीको प्रश्न: श्रीमानबाटै बलात्कृत हुनुपर्ने ?

image

चर्चित् नायिका केकी अधिकारीले शिल्पा अधिकारीको पक्षमा बोल्दै यस्तो भनिन::उनी रोईन् किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ।

 

सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोईन् किनकी उनी दाईजो कम ल्याउने बुहारी परिछिन्। उनी रोईन् किनकी उनी असल आमा हुनसकिनछिन् ।

 

उनी रोईन् किनकी उनी असल ठूली आमा हुन्। सानीमा हुन्। आमा होईनन्। बाँझी हुन्। उनी रोईन् किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोईन् किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्।

 

गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ। उनी रोईन् किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।