२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

महायज्ञको आज छैठाँै दिन ४३ जनावाट तुलादन सहित नगद ५ दानसंकलन 

आज छैठाँै दिन ४३ जनावाट तुलादन सहित नगद ५ दानसंकलन 
image

विवश चोधरी कार्तिक २८ गते पहलमानपुर, कैलाल प्राविधिक शिक्षा संचालनार्थ संचालन भएको लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक धार्मीक तथा स्ाांंस्कृति ज्ञान महायज्ञको आज ६ औ दिन ४३ जनावाट  तुलादान सहित ५ लाख नगद दान संकलन भएको छ ।

लक्ष्मी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालनार्थ एवं गुणस्तरिय व्यवस्थापनका लागि संचालन गरिएको महायज्ञमा आज सम्म करिव ३० लाख नगद तथा अन्य दान गरि करिव ५० लाखको कारोवार भएको महायज्ञ मुल समारोह समिति संयोजक सोनुराम चौधरीले जानकारी दिनु भएको छ ।

पछिल्लो समयमा समुदाय देखिएको विभिन्न प्रकारका दुव्र्यशनी तथा धार्मीक प्रचारका साथै व्यक्तित्व विकासमा सहयोग पुग्ने सहितको उदेश्यले महायज्ञ संचालन गरिएको संयोजक चौधरीले बताउनु भएको छ । महायज्ञमा प्रत्येक दिन १००८ शालिग्राम परिकर्मा, हवन, धार्मिक लिला, योग शिविर, बाल विकास कक्षा संचालन र धर्म प्रतिको आस्था जागरणको कार्यक्रम समेत हुने गरेको छ ।

महायज्ञ संचालन पश्चात समुदायमा व्यक्तिगत आचरण सुधार, सामाजिक सदभाव तथा भक्तीदर्शनमा स्थानियहरुमा परिवर्तन आउन थालेको बताइएको छ । महायज्ञवाट संकलन भएको रकमले यसै शैक्षित्र शत्रवाट प्राविधिक कक्षा संचानलका लागि सम्बन्धन लिइने र भौतिक पूर्वधार तयार गर्ने लगायतका अति आवश्य कार्य गर्ने आयोजको लक्ष्य रहेको छ ।

आजको महायज्ञमा दिउसोको महासभानायक लक्ष्मी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खेम राज चौधरी रहनु भएको थियो । अध्यक्ष चौधरीले १ लाख १ हजार दान प्रदान गरि महासभा नायक पदवाट सम्मानीत हुनु भएको थियो । भने विभिन्न दानदाताहरुलाई आयोजको नियमनुसार सम्मान प्रदान गरिएको छ । 
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download