२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

 प्रदेश १ मा म अघि बढ्छु कार्यक्रमको शुभारम्भ  

image

उदयपुर । प्रदेश १ सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको “म अघि बढ्छु” कार्यक्रम  प्रदेश नं.१ को १४ वटै जिल्लामा मंगलवारदेखि शुभारम्भ गरिएको छ ।

“आजको किशोर किशोरी देशको कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार”

“आजको किशोर किशोरी देशको कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार” भन्ने मुल नारा सहित प्रदेश १ सरकारले प्रदेशको  सामाजिक तथा सास्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अबस्थामा प्रबेश गरेका कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने १३ देखी १९ बर्ष उमेर समुहका बिधार्थीहरुलाइ सक्षम सबल जिम्मेवार चरित्रवान  नैतिकवान सकारात्मक संस्कृत तथा उत्तरदायी  बनाइ  क्षमतामुलक  समाज निर्माण गर्न  सहयोग पुर्याउन यो कार्यक्रमको अभियान रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुुदै प्रदेश सांसद बिमल कार्कीले सामान्य जस्तो लागेपनि यो समृद्ध नेपाल बनाउने एक प्रभाबकारी कार्यक्रम रहने बताउनुभयो ।वहाले, कार्यक्रमको अबधि बहुबर्षीय  रहेको छ स्थानिय तहले प्रत्येक बिधालयमा यो कार्यक्रमको स्वामित्ब ग्रहण् गरी दिगो रुपमा संचालन गर्नेछ कार्यक्रमलाई प्रभाबकारी बनाउन सबै सरोकरवाला पक्ष्महरुको सक्रिय सहभागीता आबश्यक रहेको बताउनुभयो ।  

 
सक्रिय र्नैितकवान सु–संस्कृत समाज निर्माण भई  सुन्दर शान्त समृद्ध नेपाल निर्माण गर्ने  सपाना साकार बनाउने प्रदेश १ सरकारको यो कार्यक्रममा सबै जनाको साथ सहयोग आवशयक रहेको बताउनु भयो  ।


म अघि बढछु कार्यक्रम संचालन सगरमाथा टिन्स क्लब को माध्यमबाट संचालन हुनेछ। ,जसमा  कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने बिधार्थीहरु मध्यबाट १५ जना सदस्य रहनेछन् । हरेक हप्ताको १ दिन बिद्यालयमा कार्यक्रम संचालन गरिने छ ।

कार्यक्रममा लागुऔषधका बिषयमा शिक्षामुलक कक्षाहरु, बिपद ब्यबस्थापनका सीपहरु, ट्राफिक सचेतना, महिला हिंसा, छुवाछुत, लगायत राष्ट्र र राष्ट्रियात तथा देशको समृद्धिका सम्बन्धमा सकारातमक भाबना जागृत गराउने उत्प्रेरणा र चेतनामुलक कार्यक्रमहरु संचालन हुनेछन् ।

म अघि बढ्छु कार्यक्रमलाइ प्रभाबकारी कार्यान्वयन गर्न प्रदेश, जिल्ला र स्थानिय एबम विद्यालय स्तरमा अनुगमन संयन्त्र गठन गरीनेछ ।