Thursday, October 01

Latest Update :

दोधारा–चाँदनीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत बन्द

image

कञ्चनपुर ,१४ असोज
कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीका कारण बीच भागबाट चुँडिएको छ।
महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब ८ बजे पुलको एक भाग भत्काएको हो। नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतले पिलर भत्किँदा पुल चुँडिएको बताए। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको उनले जानकारी दिए।

Latest Update