Friday, November 06

Latest Update :

प्रचण्ड–माधवको राजनीतिक एकता घोषणा, सार्वजनिक भयो १० बुँदे सहमति

image

काठमाडौं , १७ कात्तिक 

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो।एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेकी छन्।

 

दुई पार्टीबीच एकताको लागि १० बुँदे सहमति भएको छ। आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन गर्नेलगायतको विषय समेटिएको छ।