• Thursday, September 17

“चमेली” म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदै

Fm Radio Link

काठमाडौँARS Entertainment को ब्यानरमा बनेको नयाँ म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक हुने तयारीमा रहेको छ। प्रेम र भावनाको गहिरो कथामा आधारित यो गीतमा आरके थारु र समिक्षा चौधरीको सुमधुर स्वर रहेको छ । ।

 

 

आरके थारुको शब्द/संगीतमा रहेको “चमेली”  गीतको एरेंज गणेश चौधरीले गरेका छन्। गीत Acoustic Recording Studio मा रेकर्ड गरिएको हो। भिडियोको कथा तथा निर्देशन आदर्श महतोले गरेका छन्। यस भिडियोमा रूनी चौधरी र दीपिका चौधरीको आकर्षक अभिनय समेटिएको छ।

 

 

भिडियोका छायांकन तथा सम्पादन दया शंकर चौधरीले गरेका छन्। सह–निर्देशन दिव्या चौधरी, मेकअप संजिना चौधरी, सह–क्यामेरा येष कुश्मी र पोस्ट प्रोडक्सन सुलभ फिल्म्समा गरिएको हो। गीतका निर्माता सागर थारु हुन्।

 

“चमेली” म्युजिक भिडियोलाई Apple Music, Spotify, YouTube, Deezer, Tidal, Bandcamp, Amazon Music लगायतका विश्वव्यापी डिजिटल प्लेटफर्ममा सुन्न र हेर्न सकिनेछ। गीतमा प्रेम, माया र सम्झनाको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। दर्शक तथा श्रोताहरूले यस गीतलाई उत्साहका साथ प्रतीक्षा गरिरहेका छन्।

Give Your Thought

Latest Update