२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

धनगढी शाखाद्धारा उपाध्यायलाई दावी भुक्तानि वाफतको चेक हस्तान्तरण

मृत्यु दाबी भुक्तानी वाफतको १ लाख ५८ हजार ७ सय रुपैयाको चेक रकम भुक्तानी
image

धनगढी, हिमालयन लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालयको धनगढी शाखाले आज मृतक परिवारलाई मृत्यु दाबी भुक्तानी वाफतको १ लाख ५८ हजार ७ सय रुपैयाको चेक रकम भुक्तानी गरेको छ । कम्पनीको साविक गुँरास लाइफ इन्स्योरेन्सबाट अत्तरिया, कैलाली बस्ने बीमित मनोदरी देवी भट्टले १ लाख रुपैयाँको बीमा गरेकी थिइन् । उनको २०८० माघ ११ गते अचानक टाउको दुखेर घरमै  मृत्यु भएको थियो । 

 

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका धनगढी शाखाका शाखा प्रमुख रामचन्द्र कुश्मीले आज निज बीमितका हकवाला पति धर्मराज भट्ट उपाध्यायलाई दावी भुक्तानि वाफतको चेक हस्तान्तरण गरेका हुन् । शाखा प्रमुख कुश्मीले आर्थिक सुरक्षा जो कोहीले लिनुपर्ने भएका कारण आय र आर्थिक सुरक्षाका आधारमा सामान्य भन्दा सामान्य परिवारका सम्पूर्ण सदस्यको जीवन बीमा आवश्यक रहेको बताए । 

 

दावि भुक्तानि कार्यक्रममा शाखाका अपरेशन प्रमुख मोहन प्रसाद जोशी, सहायक अपरेशन प्रमुख करन पाण्डे र एजेन्सी म्यानेजर सागर कुश्मी लगायतको उपस्थिति रहेको थियो ।