२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

संविधान दिवसको अवसरमा बजार सरसफाई

image

प्रभु समाचार,झलारी, असोज ३ । शुक्लाफाँटा नगरपालिकाले संविधान दिवसको अवसरमा वजार क्षेत्रको सरफाई गरेको छ । बिहीवार शुक्लाफाटा नगरपालिकाको आयोजनामा दिवसको अवसरमा झलारी बजार क्षेत्रमा सरसफाई गरिएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारी वजारको सार्वजनिक स्थल खुलामञ्चबाट सुरु गरिएको सरसफाई कार्यक्रममा वजार क्षेत्रमा सरसफाइ गरिएको थियो । सरसफाई कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐरले सबै जनताको आवाजहरू सुनिश्चित हुनुपर्ने बताउनुभयो । नेपालको संविधान सबै भन्दा उत्कृष्ट रहेको भन्दै नगर प्रमुख ऐरले संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनु भयो । सरसफाई कार्यक्रममा कार्यक्रममा नगर प्रमुख दिल बहादुर ऐर,उपप्रमुख तुलसी देवी हमाल,वार्ड नम्बर–११ का वार्ड अध्यक्ष दिल बहादुर बुढा, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति विर सिंह शाहु वार्ड न ११ का वार्ड सदस्य शिवराज भट्ट,वार्ड नं=४ का वार्ड सदस्य कालु सिंह लुहार,  वनसमिति, ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधी विभिन्न राजनीतिक दल, स्थानीय र सञ्चारकर्मीहरूको सहभागिता
रहेको थियो ।