२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

फिल्मी शैलीमा काठ ,रागा र गाडा चोरी, १ जना पक्राउ

image


रेडियो प्रभु/झलारी,– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फिल्मी शैलीमा काठ चोरी गर्ने १ जना पक्राउ परेका छन । शुक्लाफाटा नगरपालिका वडा नम्बर १ मा रहेको जन ज्योति मध्यवर्ती सामुदायियक वनको घाटगद्दीमा राखेको सालको गोलिया चोरी गर्ने शुक्लाफाँटा नगरपालिका २ रानिपुर  बस्ने विनोद साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय झलारीले काठ चोरेर लगिरहेका अवस्थामा साउँदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शुक्लाफाटा नगरपालिका–१ जनज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको घाट गद्धिवाट ३ गोलिया काठ चोरी गरेर ल्याउदै गरेको अवस्थामा १ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले जानकारी दिनुभयो । बिहीवार शुक्लाफाँटा–२ का स्थानिय पदम चौधरीको रागा र मोहन चौधरीको गाडा चोरी भएको थियो “गोरुगाडा र रागा चोरी भएको गोप्य सूचना पायौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले अस्थाई प्रहरी पोष्ट वन्साह र ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएका प्रहरीकोे टोलेली काठसहित त्यसमा संलग्न १ जनालाई गाडा,रागा र काठ सहित पक्राउ गर्न सफल भए पनि २ जना भाग्न सफल भएको वताए।” फरार रहेको दुई जनाको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।