२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

डेउडा प्रतियोगिता सम्पन्न

image

प्रभु समाचार,झलारी, असोज ३ । वन्साहमा भएको डेउडा प्रतियोगिता सम्पन्न भएको छ । डेउडा प्रतियोगितामा चन्द्र देव अवस्थी प्रथम भएका छन भने मंगल शाही दोश्रो र मञ्जु गिरी तेश्रो भएकी छन । प्रथम, दितीय र तृतीयलाई क्रमस ८ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । समापन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सदस्य लाल बहादुर खड्काले सुदूरपश्चिमेली हरुको गहनाको रुपमा रहेको डेउडा खेललाई संरक्षण र नया पुस्तामा हस्तातरण गर्नु पर्ने जोड दिए । ५ दिनसम्म चलेको डेउडा डेउडा प्रतियोगितामा १३ जना डेउडियाहरुले सहभागिता जनाएका थिए । धन सिंह महराको सभापतित्वमा भएको समापन कार्यक्रममा ,शुक्लाफाँटा नगरपालिका – १ का वडा अध्यक्ष हरिश बिष्ट बिशिष्ट अतिथि रहेका थिए । अतिथीमा भगवती महिला सामुदायिक वन समुहका अध्यक्ष दुर्गा बिष्ट लगाएत बन्साहमा रहेका संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेका थिए । कार्यक्रमको सञ्चालन पुष्प राज जोशीले गरेका थिए । देउडा समापन कार्यक्रममा बन्साहमा रहेका समाजसेवी युवा हरुले अतिथि तथा देउडा खेलखेल हेर्न आएका सबै र्दशकलाई खिर खुवाएको थियो ।