२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

राष्ट्रिय युवा संघ कञ्चनपुरको संयोजक शाह, सह–संयोजक भट्ट

 

राष्ट्रिय युवा संघ कञ्चनपुरको संयोजक शाह, सह–संयोजक भट्ट

 

कञ्चनपुर,

राष्ट्रिय युवा संघ कञ्चनपुरको संयोजक सुचित्र शाह (सुशिल) र सह–संयोजकमा प्रशान्त भट्ट चयन भएका छन् । नेकपा निकट युवाको संगठन राष्ट्रिय युवा संघ केन्द्रीय मितिले पुर्व वाईसियल अध्यक्ष शाहलाई संयोजक र पुर्व युवा संघ नेपालका उपाध्यक्ष भट्टलाई सह–संयोजकको जिम्मेबारी दिएको हो । नेकपा पार्टी एकिकरणसंगै युवा संगठनले कञ्चनपुर लगायत देशभरीकै ७७ जिल्लामा नेतृत्व चयन गरेको छ ।

राष्ट्रिय युवा संघको जिम्मेबारी पाएका संयोजक शाह र सहसंयोजक भट्टले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ निर्वाह गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रिय युवा संघ कञ्चनपुरका संयोजक शाहले संगठनको एकिकरण प्रकृयाका साथै युवाका मुद्दा, समस्या र समाधानका क्षेत्रमा पहल गर्ने योजना रहेको बताए । संयोजक शाहले युवालाई मुख्य गरेर देश निर्माणको जिम्मेबारीमा पु¥याउन भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरे । राष्ट्रिय युवा संघ कञ्चनपुरका सह–संयोजक प्रशान्त भट्टले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताउदै एकता, युवाहरुलाई नेतृत्व एव उत्पादनका क्षेत्रमा आबद्ध गराई स्वाभिमान बनाउने योजना रहेको बताए ।‘युवा संगठनका लागि पहिले जसरी जिम्मेबारी बहन गरेका थियौँ, ‘उनले भने, ‘अहिले पनि बृहद रुपमा गर्नुपर्छ किनकी नेकपा देशकै ठुलो पार्टी र हाम्रो संगठन पनि ठुलो छ, राष्ट्रव्यापी रुपमा सबै युवाको मर्म भावना समेट्नुपर्छ ।’ युवा संघले केन्द्र, प्रदेश र जिल्ला सगै नगर÷गाँउ तथा वडासम्म एकिकरण टुङ्गो लगाउने जनाएको छ ।बेलडाडी पोष्टवाट साभार