Sunday, September 06

Latest Update :

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, उच्च सतर्कता अपनाउन आग्रह  

image

काठमाडौं , १९ भदौ
 दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चौलानी नदीमा माथिबाट पहिरो खस्दा आधा थुनिएको छ । पहिरो खस्नेक्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रशासनका अनुसार, नदी पूरै थुनिन सक्ने जोखिम बढेको छ ।

प्रशासनले शुक्रबार सूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले सूचना जारी गर्दै विपद् वा आपतकालीन अवस्थामा सहयोगका लागि हेल्पलाइन तथा सम्पर्क नम्बरहरू प्रयोग गर्न अनुरोध गरेका छन् । 

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Latest Update