Wednesday, October 14

Latest Update :

सुदूरपश्चिमको बजेटमाथि प्रदेशसभामा छलफल सुरु

image

धनगढी,२७ असोज

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। साँझ साढे ५ बजे दुई मिनेट बसेर स्थगित भएको बैठक साँझ ६ बजे पुनः सुरु भएको हो। बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ। छलफलमा सत्तारुढ दलका सांसदहरुले बजेटमा थुप्रै असहमति भए पनि तीन महिना लामो बजेट शून्यता अन्त्य गर्नका लागि पारित गर्न बाध्य भएको बताएका छन्। उनीहरुले अहिलेलाई बजेट शून्यता अनत्य गरेर सरकारले पुरक बजेट ल्याउनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बजेटमाथिको छलफल बहिष्कार गरेको छ।