Thursday, November 12

Latest Update :

भीमफेदीमा ईभी दुर्घटनाले निम्त्यायो ठूलो क्षति, १० यात्रुको मृत्यु

image

हेटौँडा , २६ कात्तिक ।

आज बिहान ५ः४५ बजेतिर मकवानपुरको भीमफेदी–६ चिसापानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।काठमाडौँबाट सर्लाही आइरहेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रु बाहक इभी हाइस सडकबाट अन्दाजी ५ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

 

प्रारम्भिक जानकारीमा ५ पुरुष, ३ महिला र २ बालबालिकासहित १० जनाको मृत्यु भएको मकवानपुरका डिएसपी माधव प्रसाद काफ्लेले बताए । दुर्घटनास्थलबाट २ बालक र १ पुरुषलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । सर्लाही, चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादवको उपचार भइरहेको छ ।