Sunday, November 15

Latest Update :

दाङमा जुवा खेल्दै गर्दा भुपबहादुर डाँगीसहित भिआईपीहरू प्रहरी नियन्त्रणमा

image

रुपन्देही , २८ कात्तिक 

जुवा खेलिरहेको अवस्थामा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीसहितलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित डाँगीको घरबाट उनीहरूसहित केही व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही–१६ का वडाध्यक्ष ताराबहादुर डाँगी, घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीलगायत रहेका छन् ।

 

 

कांग्रेस जिल्ला सभापतिको दौडमा रहेका भुपबहादुर डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख र २०७९ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार बने पनि पराजित भएका थिए ।

Latest Update