Monday, October 19

Latest Update :

श्री प्रकाश मावि कक्षा १२ का विद्यार्थीले गरे नयाँ विद्यार्थीलाई भव्य स्वागत

नयाँ विद्यार्थीलाई भव्य स्वागत
image

कपिलवस्तु ।

शिवराज नगरपालिका–९, सुन्दरीडाँडामा अवस्थित श्री प्रकाश माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भई अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरी स्वागत गरेका छन्। कक्षा १२ का विद्यार्थी रायल बुढा मगरको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा शिवराज नगरपालिका–९ का वडाध्यक्ष रामगोपाल थारू प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

 

कार्यक्रममा पुरुषोत्तम अर्याल विशिष्ट अतिथि रहनुभएको थियो। त्यस्तै शिक्षक प्रतिनिधि बुद्धिसागर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित प्रताप सेन, विद्यालय व्यवस्थापन समितिका सदस्य अमिता थारू, बिहानी सत्रका संयोजक मिनबहादुर पेग्ने, शिक्षक प्रतिनिधि हेमराज शर्मा, शिक्षकहरू रबिन पौडेल, कमला बिक, अञ्जली श्रेष्ठ, वीरबहादुर सुनार तथा फत्ते घर्ती मगरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कक्षा १२ की विद्यार्थी नेहा चौहानले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कक्षा १२ का विद्यार्थी फूलपाती थारूले राख्नुभएको थियो। कार्यक्रममा शिक्षक हेमराज शर्मा, बिहानी सत्रका संयोजक मिनबहादुर पेग्ने, विशिष्ट अतिथि पुरुषोत्तम अर्याल तथा प्रमुख अतिथि वडाध्यक्ष रामगोपाल थारूले मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, विद्यार्थीका समस्या तथा र विद्यार्थीको उज्ज्वल भविष्यका विषयमा धारणा राखेका थिए।

विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापनबीच सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए। नयाँ विद्यार्थीलाई विद्यालय परिवारमा आत्मीय वातावरणका साथ स्वागत गर्दै वक्ताहरूले अनुशासन, लगनशीलता र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए। कार्यक्रमले नयाँ विद्यार्थी र पुराना विद्यार्थीबीच आत्मीयता बढाउनुका साथै विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

Latest Update