राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारद्वारा पक्राउ
पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका क्रममा अर्यालसहित दुई अन्य व्यक्ति नियन्त्रणमा
२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो । सो प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि संलग्न रहेको बताइएको छ ।
स्रोतका अनुसार यस घटनामा थप एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ । उनीहरू हाल सुरक्षा निगरानीमा राखिएको जनाइएको छ ।

Give Your Thought5>