• Monday, October 26

पूर्वमेयर ऐर रास्वपाको ‘क्यान्डिडेट क्लब’मा

Fm Radio Link
 
           

           शुक्लाफाँटा नगरपालिकाका पूर्वनगरप्रमुख दिलबहादुर ऐर पुनः नगरप्रमुख बन्ने आकाङ्क्षासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’मा सहभागी भएका छन्। उनले रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिएका हुन्। ऐर पछिल्लो दुई वर्षदेखि नै नगरप्रमुखको उम्मेदवार बन्ने तयारीसहित प्रचारप्रसारमा सक्रिय रहँदै आएको बताइएको छ। रास्वपाबाट टिकट पाए आफूले दुईतिहाइ बहुमतसहित विजय हासिल गर्ने दाबी उनले गर्दै आएका छन्।

       सादगीपूर्ण जीवनशैली र सामाजिक सेवामा सक्रियताका कारण स्थानीयस्तरमा परिचित ऐरले नगरमा बाँकी रहेका विकास निर्माणका कामलाई पूर्णता दिने उद्देश्यले पुनः नगरप्रमुखमा उम्मेदवारी दिने चाहना राखेको बताएका छन्। उनको उम्मेदवारीप्रतिको सम्भावनाबारे स्थनानियले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। स्थानियका अनुसार ऐरले सामाजिक सेवामा लामो समय बिताएका छन्। स्थानीय बासिन्दाहरूले पनि उनी पुनः नगरप्रमुखको उम्मेदवार बनेमा उल्लेख्य जनसमर्थन प्राप्त गर्न सक्ने धारणा राख्ने गरेका छन्।

यद्यपि, रास्वपाले ऐरलाई औपचारिक रूपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ वा छैन भन्ने विषयमा भने पार्टीको आधिकारिक निर्णयपछि मात्र स्पष्ट हुनेछ।

Give Your Thought

Latest Update

↑