Saturday, August 01

Latest Update :

एमाले त्यागेका ६ जनप्रतिनिधिको पद रिक्त

image

काठमाडौँ , निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो। आयोगले आज एक सूचना प्रकाशित गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जानकारी दिएको छ।

पद रिक्त हुने जनप्रतिनिधिहरूको नामावली यस प्रकार छ ः
 
१. प्रेमलाल शाह कानुः नगर प्रमुख (मेयर), देवाही गोनाही नगरपालिका, रौतहट
२. योगेन्द्र प्रसाद सुवेदीः वडा अध्यक्ष, बेलबारी नगरपालिका–३, मोरङ
३. दल बहादुर रानाः वडा अध्यक्ष, भेरी नगरपालिका–१०, जाजरकोट
४. दनेश कुमार राईस् वडा अध्यक्ष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, खोटाङ
५, राम प्रवेश प्रसाद कुर्मीः वडा अध्यक्ष, देवाही गोनाही नगरपालिका–४, रौतहट
६. प्रदिप आचार्यः वडा सदस्य, खोटेहाङ गाउँपालिका–४, खोटाङ