Sunday, October 11

Latest Update :

२६ लाखभन्दा बढीको भन्सार छली, भारतीय ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा

image

धनगढी,२४ असोज

कैलालीको धनगढीबाट भन्सार छली गरी ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित एक भारतीय गाडी चालक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले र विभिन्न किसिमका तरकारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

प्रहरीका अनुसार शुक्रबार राति शङ्का लागेर चेकजाँच गर्ने क्रममा यूपी २३ टी ८६७५ नम्बरको भारतीय मिनी ट्रकमा ती सामान फेला परेका हुन्। सामान ओसारपसारमा प्रयोग भएको मिनी ट्रकसहित भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद सामान र ट्रकको अनुमानित मूल्य २६ लाख ८८ हजार रुपैयाँ रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।