Sunday, October 11

Latest Update :

जुवा खेल्दै गर्दा धनगढीमा ७ जना समातिए, ५१ हजार बढी रकम बरामद

image

धनगढी,२४ असोज

कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धामस्थित गणेश खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा खड्कासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५१ हजार ८ सय ७५ रुपैयाँ नगद र दुई गड्डी तास बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।