Tuesday, October 20

Latest Update :

नेपालको ओडिआई भविष्य सुरक्षित रहेको क्यान अध्यक्ष चन्दको भनाइ

image

काठमाडौँ ,३ कार्तिक

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता थप ४ वर्षका लागि सुरक्षित भइसकेको बताएका छन् । विश्वकप लिग २ को अंकतालिकामा टप ६ भित्र अटाएपछि नेपालले ओडिआई मान्यता कायम राखेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीस) ले यस विषयमा अहिलेसम्म कुनै पनि औपचारिक सूचना जारी गरेको छैन । यद्यपि आइसीसी मातहतमै रहने एसीसीले भने सामाजिक सञ्जालमा नेपाले ओडिआई मान्यता सुरक्षित गरेको भनेर लेखेका छ ।

 

अध्यक्ष चन्द यसमा कुनै पनि द्विविधा नरहेको बताउँछन् ।

 

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘आइसीसीसँग हामीले गरेका विभिन्न वैठकमा टप ६ टिमहरूलाई नै एक दिवसीयको मान्यता दिने भनेर सहमति भइसकेको कुरा हो । यसमा हामीलाई कुनै अन्यौल छैन । लिग २ का आइसीसी हेड क्रिस्टियन जिकेटाले पनि स्पष्टरूपमा बताउनुभएको छ ।’लिग २ को अन्तिम श्रृंखला बाँकी रहेको हुँदा सोपश्चात आइसीसीले औपचारिक घोषणा गर्नसक्ने उनले बताए । चन्दले अब नेपालले खेल्न विश्वकप क्वालिफायर प्ले अफ पनि नेपालमै आयोजना गर्न आफूले पहल गरिरहेको जानकारी दिए ।