धनगढी उपमहानगरपालिकाले दसैँको दिन नागरिकलाई निःशुल्क यातायात सेवा दिने भएको छ। उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइनेछ।
नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी सेवा सञ्चालन गरिने मेयर हमालले बताए। उनले दसैँका दिन आवतजावत गर्नुपर्ने नागरिकलाई निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरेका छन्। ञटीका थाप्न आवातजावत गर्नुपर्ने तर सवारीसाधनको सुविधा नभएका नागरिकलाई लक्षित गर्दै यातायात सेवा संचालन गर्न लागिएको हो,झ मेयर हमालले भने।