• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

गीतले खोल्यो पोल, नेता चकित - भिडियो सहित

Fm Radio Link

काठमाडाैँ । गायक पशुपति शर्माले भर्खरै बजारमा ल्याएको व्यङ्गात्मक गीतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष प्रचण्ड तनावित बनेका छन्।

 

 

प्रधानमन्त्री ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको दावी गरिरहेका बेला बेला गायक शर्माले नेपालमा ब्यापक रुपमा भ्रष्टाचार बढिरहेको भावले भरिपूर्ण व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवास बालुलवाटारमा उक्त गीतले सनसनी मच्याएको छ । गीतमा प्रधानमन्त्री ओली, राष्ट्रपति बिद्यादेवी भण्डारी प्रति पनि कडा व्यङ्ग्य गरिएको छ ।

 

 

यो गीतका विषयमा नेकपा भित्र प्रतिबन्ध लगाउन छलफल सुरु भएको स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन्।

 

 

गीतमा सरकारका काम कारवाहीमाथि कडा व्यङ्ग्यात्क तवरले कडा प्रहार गरिएको छ । गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।

 

प्रतिकृया दिनुहोस