• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

राष्ट्रपतिले गरेको कैद माफीलाई तत्काल बदर गर्नुपर्ने

रिगलको रिहाइ कानुनविपरीत’

Fm Radio Link

काठमाडौँ, जघन्य अपराधका दोषीलाई कुनै हालतमा कैद सजाय माफी नहुने कानुनी प्रावधान छ । 

स्पष्ट व्यवस्थाका बाबजुद खुँडाले दिनदहाडै मान्छे काटेबापत सर्वस्वसहित जन्मकैदको सजाय पाएका रिगल भनिने योगप्रसाद ढकाललाई राष्ट्रपतिले गरेको कैद माफीलाई तत्काल बदर गर्नुपर्ने जिकिर अधिवक्ताहरूले सर्वोच्चमा गरेका छन् ।

 

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए ।

घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो ।

प्रतिकृया दिनुहोस