• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

उड्ने कारलाई सरकारी मान्यता दिनेमा चीन पहिलो देश

उड्ने कारले पायो अनुमति

Fm Radio Link

काठमाडौं ,  एयर ट्याक्सी अर्थात् उड्ने कारलाई सरकारी मान्यता दिनेमा चीन पहिलो देश बनेको छ । गत शुक्रबार चिनियाँ उड्डयन प्राधिकरणले ईहाङ कम्पनीको ‘ईएच २१६- एस’ नामक एयर ट्याक्सीलाई हवाई योग्यता प्रमाणपत्र दिएको हो ।

 

ठूलो आकारको ड्रोनजस्तै देखिने याे ट्याक्सी विद्युतबाट चल्छ भने उडाउन पाइलट आवश्यक पर्दैन । त्यस्तै उडाउन तथा अवतरण गर्न एयरपोर्ट वा रनवे आवश्यक पर्दैन ।

 

घरको छत, पार्क लगायत अलि समथल भएका ठाउँबाटै यसलाई उडाउन सकिन्छ । सोही कारण यात्रु, खाद्यान्न तथा आपतकालीन सामग्री ओसारपसार गर्ने जस्ता अर्बन एयर मोबिलिटी (यूएएम) का लागि यो उपयोगी हुने बताइएको छ ।

हाल याे ट्याक्सीमा ८० माइल प्रति घण्टासम्मको गतिमा दुई जना यात्रु तथा ६०० पाउन्डसम्म तौलका सामान उडाउन सकिने जनाइएको छ ।

 

करिब दुई घण्टामा फुल चार्ज गर्न सकिने यस ट्याक्सीले वायु प्रदर्शन पनि कम गर्ने बताइएको छ । यद्यपि कम्पनीले कहिलेबाट व्यावसायिक उडान भर्छ भन्नेबारे भने खुलाएको छैन ।

प्रतिकृया दिनुहोस