• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

सर्वोच्चको आदशेपछि रिगल पक्राउ

Fm Radio Link

काठमाडौं, सर्वोच्च अदालतको परमादेशसँगै याेगराज ढकाल (रिगल) पक्राउ परेका छन्। नेपालगञ्जको प्रेम हलनजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए। उनलाई जेल चलान गर्न लागिएको छ। 

 

सरकारको सिफारिसमा राष्ट्रपतिले उनको ६० प्रतिशत कैद कट्टा गर्ने निर्णय गरेकोमा सर्वोच्चले त्यसलाई बिहीबार खारेज गरेको हो। 

 

चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या अभियोगमा ढकाललाई जन्मकैद सजाय भएकोमा सरकारको सिफारिसमा राष्ट्रपतिले गत ३ असोजको संविधान दिवसमा ६० प्रतिशत कैद कट्टा गरी छाड्ने निर्णय भएको थियो। सोही सुविधा पाई उनी छुटेका थिए।

 

त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले यस्तो कार्य संविधानविपरीत भएको फैसला सुनाएको हो। यसरी कैद कट्टा गरी जेलमुक्त गर्ने निर्णयले अपराधको राजनीतिकरण मौलाउने ठहर सर्वोच्च गरेको छ।

प्रतिकृया दिनुहोस