• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

थारु आतङ्ककारी,चोर र अपराधी होइनन् सरकार

जस्को आफ्नै कानुन, परम्परा सँस्कृति र पहिचान छ ।

Fm Radio Link

जब देश र जनताकालागि रात दिन नभनी सुरक्षा दिन खटिएका सुरक्षाकर्मी र जनताविच नै मुडभेड हुन पुग्यो । टिकापुर २०७२ भदौं ७ र ८ आखिर त्यो दिन कालो भैदियो । बर्षौ सम्म मिलेर बसेका समुदाय बिच नै बर्षौ बर्षको दुश्मनी कामय भयो ।

 

 

अहँअ.. आज यो मन पटक्कै मानेन ।

 

जब अदालतले फैसला सुनायो....

 

 

फेरी पनि त्यही अवसर .......

 

यो अन्धकारमा निद्रा पनि छोडिगएको थियो । तस्बिर उही थियो, सम्झना उही, त्यो दिन कयौले भनेका थिए, था पाइस् टिकापुरमा थारुको एफ.एम. जलिसकेउ तेरो पनि जल्ला बिचार अरिस् । मन झसक्क हुन्छ आज पनि ति बोलीरहेका तस्बिर झल्झली आउँछ .......

 

 

अदालतको फैसलामा फेसबुक भन्ने शब्द पनि लेखिएको रहेछ, मन मान्दै मानेन फेसबुक खोल्न सम्झिए । भित्ताहरु सांसद रेशम चौधरी सहित ११ जनालाई जन्म कैदले भरी रहेका थिए । कयौंको आक्रोस त कयौंको खुशी पोख्ने थलो आखिर यहि भित्ता न थियो ।

 

 

अदालतको यो फैसला पुर्व कयौं अध्ययन अनुसन्धान भए प्रतिवेदन तयार गरीए तर कुनै सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्ने आँट सम्म गरेन । बरु सरकार बदलिदैं गयो ।

 

 

आखिर अधिकारको लागि गरिएको आन्दोलनमा दुई पक्षविचको सिकार सुरक्षा निकायका जवान,  बालक  र थारु समुदाय न भएका थिए ।

 

 

थरुहट अन्दोलनका हवलदारहरु कोही काग्रेसमा त कोही नेकपामा गर्दै विलिन भए, बाँकी रहे भाग नपाएका पहलेदारहरु आखिर लडिरहे समाज परिवर्तका अगुवाहरु । यस्तै यस्तै भयो आन्दोलनका गतिविधिहरु ।

 

 

थारुलाई कुनै बेला माओवादीले प्रयोग गरेको थियो त कुनै बेला काङ्ग्रेस र कुनै बेला एमाले यि समुदायको यस्तै यस्तै कथा छ ।

 

 

राज गर्न कहिले जानेनन् थारु त्यसैले होला यि समुदायका सबैलाई राजनिति आउँदैन र सजिलै गरि बुझ्ने बातावरण नै छैन । कुनै बेला थारुसमुदायलाई मितले लुटे, कुनै बेला आतङ्कले अब पालोमा चल्दैछ राजनिति यस्तै आलो पालोको खेल छ यहाँ । समुदायको नाममा स्थान पाएका केही छन् थारु नेताहरु तर ति अवसरवादीहरुको बिचमा  सिङ्गो समुदाय नै आझेलमा छ ।

 

 

आफ्नै कानुन, परम्परा सँस्कृति र पहिचान भएका थारु आतङ्ककारी,चोर र अपराधी होइनन् सरकार

 

 

 

प्रतिकृया दिनुहोस