• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

पिएम कप महिला क्रिकेटः प्रदेश–१ र ५ विजयी 

 गण्डकी र प्रदेश–२ पराजित

Fm Radio Link

मदन गिरी/कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरमा जारि चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगितामा शुक्रबार भएका खेलमा  प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ विजयी भएका छन् । 


शुक्रबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ माथि आठ विकेटको पहिलो जित दर्ता गरेको हो भने प्रदेश नम्बर–५ ले गण्डगीलाई आठ विकेटले नै पराजित ग¥यो । 


 पहिलो खेलमा टस जितेर व्याटिङ  रोजेको प्रदेश–२ ले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतीमा ७१ रन बनाएको थियो । उसका लागि शान्ती चौधरीले १४, सोभा आले १३ सरस्वती चौधरी १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन् ।

 

त्यस्तै जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर १ ले १३ दशमलवमा ३ ओभरमा लक्ष्य भेट्टायो । उसका लागि काजल श्रेष्ठले १९, रुविना क्षेत्री नट आउट २६, गोमा थापा २५ रनको योगदान गरिनन् ।


साथै प्रदेश नम्बर १ ले १२ रन अतिरिक्त पाएको हो । प्रदेश नम्बर २ लाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्री १६ रन खर्चेर ४ विकेट लिईन । 


प्रदेश नम्बर २ का लागि शान्ती चौधरी र सरस्वती चौधरीले समान एक÷एक विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर  १ की रुबिना क्षेत्री भईन ।  


प्रदेश–५ आठ विकेटले विजयी


महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिता अन्र्तगत शुक्रबार भएको दोस्रो खेलमा प्रदेश नम्बर ५ विजयी भएको छ । 


प्रदेश नम्बर–५ ले गण्डगीलाई आठ विकेटले पराजित ग¥यो ।  टस जितेर ब्याटीङ् रोजेको गण्डगीले १८ दशमलव ३ ओभरमा अल आउट हुदैँ ७९ रनको योगफल खडा ग¥यो । 


उसका लागि सुशिला गुरुङले सर्वाधिक २६ रन, प्रमिला बानियाँ १७, सन्चा महरा र नमुना कार्कीले समान १३÷१३ रनको योगदान गरिन् । 


गण्डगीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नम्बर ५ की शर्मीला मगर, बिना थापाले समान २÷२ विकेट हात पारे भने कृष्णा मराशैनीले १८ रन खर्चेर तीन विकेट लिईन् । 


८० रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले ८ दशमलव ३ ओभरमा दुई विकेटको क्षतीमा लक्ष्य भेट्टायो । उसका लागि हरे थापाले सर्वाधिक १९ बलमा २८ रन बनाईन् । उनले ५ चौका प्रहार गरिन् । 


त्यस्तै गिता गोसाईले २०, सरस्वती घर्ती मगरले १० तथा ममता  थापाले ५ रनको योगदान गरिन् । गण्डगीका लागि शुसिला गुरुङले सात रन खर्चेर दुई विकेट लिए पनि टीमलाई जिताउन पर्याप्त भएन । उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर पाँच की कृष्ण मराशैनी बनिन् ।  
 

प्रतिकृया दिनुहोस