• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

नेपालले मलेसियासँग टी–ट्वान्टी सिरिज खेल्ने

Fm Radio Link

काठमाडौं,नेपालले मलेसियासंग द्विपक्षीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने भएको हो ।

 

मलेसिया क्रिकेटको अनुसार नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ मा हुनेछ । दुवै खेल किनरारा ओभलमा हुनेछ । मलेसिया क्रिकेट दुवै खेल लाइभ देखाउने समेत जनाएको छ । नेपालले गत माघमा युएईसंगको सिरिजपछि पहिलो पटक टी–ट्वान्टी सिरिज खेल्न लागेको हो  ।

 

उक्त सिरिज नेपालले जितेको थियो । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले मलेसियासंग सिरिज खेल्न लागेको हो । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।

प्रतिकृया दिनुहोस