• २०८१ जेठ १ मंगलबार / Tuesday, May 14

गर्मी बढेसँगै सर्पको बिगबिगी, सतर्कता अपनाउन चिकित्सकको सुझाव

Fm Radio Link

काठमाडौं, तराई र पहाडमा सर्प देखिने मौसम सुरु भएकाले घर भित्र र बाहिर रहँदा उच्च सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

 

तराईमा करेत, कोब्रा जातका र पहाडमा हरियो, कालो रङ्गका सर्प देखिन सुरु भईसकेको छ । असारदेखि असोज महिनामा मात्र सर्पको टोकाईपछि उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या महिनामा ५० देखि ८० को हाराहारीमा हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल अनुसन्धान इकाई संयोजक डा शेरबहादुर पुनले सीआईएनसँग बताउनुभयो ।

 

सावधानी अपनाएर सर्पको टोकाइबाट जोगिन सकिने डा पुनले बताउनुभयो । २०७१ देखि ७५ सालसम्मको तथ्याङ्क केलाउँदा असारदेखि असोजमा पहाडमा सबैभन्दा धेरै सर्पको जोखिम देखिन्छ भने तराईमा त्यसको एक महिना अघिदेखि नै सर्प देखिन सुरु हुन्छ ।
 

प्रतिकृया दिनुहोस