• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

किसानको रोजाईमा नपर्दा लोप हुँदै ‘घैया धान’

Fm Radio Link

सिन्धुली, समयमा पानी नपर्दा पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ पछिल्लो सयम सिन्धुलीमा लोप हुने अवस्थामा पुगेको छ । सिँचाइ सुविधा नपुगेको खेतमा लगाईने घैया धानप्रति स्थानिय किसानको आकर्षण कम हुनु, समयमा पानी नपर्नु र मौसम अनुकूल नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

 

छरुवा धान ‘घैया’ जिल्लामा झण्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिँदै आइएको छ । छरुवा ‘घैया’ धानखेतीमा मिहिनेत धेरै र उत्पादन कमी हुने भएपछि हिजोआज जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालको बताउनुभयो । छरुवा धान ‘घैया’ जिल्लामा कमै मात्रामा रोपिन्छ ।

 

पछिल्लो समय विभिन्न कारणले जिल्लाबाटै छरुवा धान ‘घैया’ लोप हुँदै गएको छ’ उहाँले जानकारी दिनुभयो ।  जलवायू परिवर्तनले समयमा पानी नपर्नु र मलखादको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै लोप हुने थालेको ढकालको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस