• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

विषादीयुक्त खानाको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर

Fm Radio Link

काठमाडौं, भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको चिकित्सकहरुले बताएका छन् । थोरै लगानीमा धेरै उत्पादन गर्ने प्रतिस्पर्धाका कारण किसानहरु रासायनिक मल तथा विषादीको प्रयोगमा लागेका कारण किसानदेखि उपभोग गर्ने उपभोक्ता सम्मको स्वास्थ्य जोखिममा पर्दै गएको छ ।

 

विषादी छर्कने किसान मात्रै होइत विषादीयुक्त फलफूल तथा तरकारी खाने उपभोक्तामा छाला, मुटु र आँखा सम्बन्धी समस्या देखिने गरेको चिकित्सकहरु बताउछन् । टक्सिकोलोजिस्ट डा.श्याम लोहनीका अनुसार एक पटक प्रयोग गरिसकेको विषादीको असर वर्षौसम्म माटोमा रहिरहन्छ । सीआईएनसँग कुराकानी गर्दै उहाँले विषादीको असर माटोमा मात्रै नभई हावापानीको माध्यमबाट पनि शरीरमा प्रवेश गर्न सक्ने र त्यसले खतरनाक रोगहरु निम्त्याउन सक्छ ।

 

डा.लोहनीले खाना, पानी, छाला लगायतको माध्यमबाट शरीरमा विषादी प्रवेश गर्ने र त्यसले उच्च रक्तचाप, मधुमेह, मिर्गौला, कलेजो, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्ने सम्भावना बढ्दै जान्छ । नेपालमा प्रतिबन्धीत विषादीहरु भारतमा प्रयोगमा रहेका कारण मानिसमा त्यसको असर अहिलेपनि देखिने गरेको भन्दै उहाँले विषादीयुक्त तरकारी र फलफूल प्रयोग गर्नुभन्दा पहिले राम्रोसँग सफा पानीले पखाल्न र राम्रो सँग पकाएर मात्रै खान सुझाव दिनुभयो । उहाँले तरकारी वा फलफूलको प्रयोग गर्दा आधा देखि एक घण्टसम्म नूनपानी वा पोटासियमको प्रयोग गरेर मात्र खान पनि सुझाव दिनुभयो । 
 

प्रतिकृया दिनुहोस