• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

मुस्लिम समुदायले बोलायो पहिचान, स्वाभिमान र सम्मान सहितको जन जागृति सभा

Fm Radio Link

विराटनगर, मुस्लिम समुदायको हकहितको लागी असार २९ गते आइतबार विराटनगरको नमस्कार होटलमा जन जागृति सभा हुने भएको छ । मुस्लिम समुदायको सम्मान,पहिचान र स्वाभिमान सहित अधिकारका लागि राष्ट्रिय मुस्लिम जनाधिकार मंचले सभा आयोजना गरेको छ ।

 

विभिन्न क्षेत्रमा मुस्लिम सामुदाय पछि परेकाले जनचेतनाका लागि  जन जागृति सभा आयोजना गरेको  संस्थाका महासचिव ताजिम अन्सारीले बताए । उनले विभिन्न क्षेत्रमा मुस्लिम समुदायलाई पछाडी पारिएको र अधिकार बाट बञ्चित गराएको हुनाले यो सभाको आयोजना गरेका हौं । उनले भने,  सभा बाट मुस्लिम समुदायले आफ्नो अधिकार, सुचनाको हक र पहिचान बारे धेरै जानकारी पाउने बताए ।  

 

यहि असार २९ गते आइतबार विराटनगरको नमस्कार होटलमा हुन लागेको सभामा मुस्लिम आयोगको अध्यक्ष समिम अन्सारी प्रमुख अतिथि हुने छन् भने हज कमिटीका अध्यक्ष सम्सेर मिया विशिष्ट अतिथिको रुपमा रहने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस