• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

बाढीले भप्सी पुल बगायो

Fm Radio Link

काठमाडौं, निरन्तरको वर्षाले महोत्तरीको भप्सी पुल बगाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल गएराती बाढिले बगाएको हो । पुलको बिच भाग नै बगाएपछि आवागमन रोकिएको छ ।

 

पुल बगाउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सीआईएनलाई जानकारी दिनुभयो । पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

 

यसअघि २०७२ सालमा पूर्व पश्चिम राजमार्ग स्थित महोत्तरी र धनुषालाई जोड्ने रातु पुल भासिएको थियो । 
 

प्रतिकृया दिनुहोस