• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो

कर्णालीमा पहिरो, सबैभन्दा धेरै क्षति प्रदेश २ मा 

Fm Radio Link

काठमाडौं, वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाढी पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।

 

देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन् । देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको तह नाघेको छ । बागमती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने बिन्दुमा पुगेको छ ।

 

पूर्र्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।


कर्णालीमा पहिरो, सबैभन्दा धेरै क्षति प्रदेश २ मा 


नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले गयराति डोल्पा, कालिकोट लगायतका जिल्लामा पनि पहिरोका कारण मानिसहरु बेपत्ता भएका र घरहरु समेत बगाएकोले बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो ।

 

प्रवक्ता पोखरेलले प्रहरी रातभरी नै सूचना संकलन र उद्धारमा खटिएको जानकारी दिनुभयो । बाढी पहिरोमा परेका मध्ये ११ सय ४ जनालाई उद्दार गरिएको छ । प्रवक्ता पोखरेलले सबैभन्दा धेरै बाढि र डुबानका कारण प्रदेश २ मा क्षति भएको र एकिन तथ्यांक आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।

 

उहाँले पहाडी र मध्य पहाडी क्षेत्रमा पनि पहिरो र वर्षाका कारण ठूलो क्षति भएको तर एकिन विवरण भने आइनसकेको बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस