• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

पहिलो पटक विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

Fm Radio Link

काठमाडौं, १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले उचालेको छ । लडर््समा गयराति सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन बनेको हो ।

 

यो सँगै एकदिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड नयाँ राष्ट्र बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २ सय ४१ रन बनाएको थियो । २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

 

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री खेलेको कारण इंग्ल्याण्डले उपाधि हात पार्यो । 
 

प्रतिकृया दिनुहोस