• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

Fm Radio Link

काडमाण्डौं, दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।

 

केही दिनयता दक्षिण एसियाका प्रायः देशमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि सात सय ५० गाउँ नै बगाएको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ ।

 

त्यसैगरी नेपालमा पनि बाढीका कारण अहिलेसम्म ७८ जनाको मृत्यु भएको छ भने हजारौ व्यक्ति प्रभावित भएका छन् । बंगलादेशमा पनि बाढीले ठूलो असर पु¥याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस