• २०८१ बैशाख २४ सोमबार / Monday, May 06

धेरै यौन आनन्द कुन उमेरमा लिइयो ? तथ्य यस्तो भन्छ

Fm Radio Link

काठमाडौं, अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको तुलनामा महिलाहरु बढी उमेरमा सेक्सको आनन्द भरपुर लिने गर्दछन् । यदि तपाई पनि यस्तै सोच्नु हुन्छ भने एकपटक एउटा ताजा अध्ययनमा नजर दौडाउनुस् । किनभने यो अध्ययनका अनुसार यस्तो हुँदैन, बरु कथा त्यसको उल्टो हुने गर्दछ ।

 

एटलान्टाको एउटा सेक्स टोय बनाउने कम्पनी ‘लभहनी’ ले गराएको अध्ययनअनुसार महिलाहरु पूरै जीवनकालमा सेक्सको सबैभन्दा बढी आनन्द २६ वर्षको उमेरमा लिने गर्दछन् । जबकि पुरुष ३२ वर्षको उमेरमा सबैभन्दा बढी यौन आनन्द लिने गर्दछन् ।

 

यो अध्ययनमा १ हजारलाई सहभागी गराइएको थियो । जसको उमेर १८ देखि ६५ वर्ष थियो । उनीहरुसँग आफ्नो जीवनमा सबैभन्दा बढी यौन आनन्द कुन उमेरमा लिइयो भन्ने प्रश्न सोधिएको थियो । अध्ययनले अहिलेसम्म रहँदै आएको मान्यतालाई ठिक उल्ट्याइदियो । अहिलेसम्म पुरुषले १८ वर्षको उमेर र महिलाहरुले ३५ वषएको उमेरमा बढी यौन आनन्द लिने गरेको मानिँदै आएको थियो ।

 

अध्ययनमा सहभागीहरुसँग सोधिएको थियो कि उनीहरुले आफ्नो कौमार्य कति वर्षको उमेरमा गुमाए ? कुन उमेरमा सबैभन्दा बढी सेक्स गरे ? कुन उमेरमा सबैभन्दा बढी यौन आनन्द प्राप्त गरे ? अध्ययनमा अधिकांश पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक सेक्स गरेको बताए भने महिलाहरुले १६ वर्षको उमेरमा कौमार्य गुमाएको बताए ।

 

अध्ययनका अनुसार पहिलोपटक सेक्स गरेपछि पुरुषहरुले आफ्नो बेस्ट सेक्सका लागि १५ वर्ष प्रतिक्षा गरेका थिए भने महिलाहरुले १० वर्षपछि बेस्ट सेक्सको अनुभव गरेका थिए । रिलेशनसीप एक्सपर्ट ट्रेसी काक्सका अनुसार अन्य सबै कुराजस्तै सेक्स पनि तपाई जति बढी गर्नुहुन्छ, त्यति नै बढी उत्तम हुँदै जान्छ । एजेन्सी

प्रतिकृया दिनुहोस
Radio System
२०७६ श्रावण १७ शुक्रबार

सेक्स कतिबेला र कतिपटक गर्ने ?

काठमाण्डौं, सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र...

Radio System
२०७६ श्रावण १९ आइतबार

महिलालाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ?

एजेन्सी, मानिसको इक्षा अनुसार सोख अनुसार फरक किसिमको यौन सम्पर्क...

Radio System
२०७६ श्रावण १९ आइतबार

कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?

एजेन्सी । महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श...

Radio System
२०७६ श्रावण २० सोमबार

हप्ताको यो दिन महिलाहरु अधिक यौनसम्पर्क गर्न चाहन्छन्

एजेन्सी, यौनसम्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य...