• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

रैथाने बाली प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै प्रदेश एक सरकार

Fm Radio Link

काठमाडौं, प्रदेश नम्बर एकले यो वर्ष रैथाने बाली प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा पाइने कोदो, फापर, गहुँ, जौ लगाएतका रैथाने बाली प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश एकको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उप सचिव डाक्टर राजेन्द्र उप्रेतिले सीआईएनसँग बताउनुभयो ।

 

उप्रेतिका अनुसार रैथाने बाली प्रवद्र्धन कार्यक्रमका लागि यस वर्ष प्रदेश सरकारले ३१ लाख बजेट छुट्याएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, ओखलढुंगा लगाएतका जिल्लाका उच्च पहाडी क्षेत्रमा पर्यटकका लागि लक्षित गरी ‘सुपर हिमालयन फुड’को उत्पादनमा प्रोत्साहन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । 

प्रतिकृया दिनुहोस