• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

थारु समुदायको अटवारी पर्वमा अन्योल्ता

थारु समुदायले परपुर्वकालदेखि मनाउँदै आईरहेको अटवारी पर्व कतै धुमधामका साथ मनाएको छ

Fm Radio Link

कपिलवस्तु, थारु समुदायले परपुर्वकालदेखि मनाउँदै आईरहेको अटवारी पर्व कतै धुमधामका साथ मनाएको छ त कतै अन्योलमा परेको छ ।

 

अहिले मात्रै नभएर थारु समुदायमा पहिले देखि नै भिन्ता कायमै रहाँदै आएको छ तर एउटै समुदायको एउटै पर्व दुई पटक फरक–फरक दिन उहि पर्व मनाउनु थारु समुदायको लागि विडम्बना रहेको जानकारहरुले बताएका छन् ।

थारु समुदायमा हरेक बर्ष धुमधामका साथ मनाउँदै आएको अटवारी पर्व बाँके, बर्दिया र दाङ लगायतका पश्चिमका जिल्लाहरुमा भने धुमधामका साथ अटवारी पर्व मनाएका छन् भने ५ नं. प्रदेशकै कपिलवस्तु र रुपन्देही जिल्लामा भने यहि भदौं २२ गते आइतबार मनाउने थारु अगुवाहरुले बताएका छन् ।

प्रदेश नं.५ प्रदेश सरकार मन्त्रीपरिषको बैशाख १२ गतेको बैठको निर्णयले थारु समुदायमा मनाइने अटवारी पर्वको लागि प्रदेश नं. ५ मै दाङ, बाँके र बर्दियामा सार्वजनिक विदा दिँदै गर्दा यता भने कपिलवस्तु र रुपन्देहीका थारु समुदायले भने असन्तुष्टि जनाएका छन् ।

थारु बहुल्य भएको जिल्लामा नै सार्वजनिक विदा न दिँदा प्रदेश नं. ५ सरकारप्रति  कपिलवस्तु र रुपन्देहीको थारु समुदायका अगुवाहरुले असन्तुष्टि जनाएका हुन् ।

 

थारु समुदायमा एकरुपता न भएर दाङ, बाँके र बर्दिया लगायतका सुदुरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गर्ने गर्दछ ।

 

यसैबीच अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गर्छन् । यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन हो । यसरी ‘पाँच अटवारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अटवारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ । यसरी हेर्दा यस बर्ष कुसे औसी पछिको आइतबार भदौ १५, २२, २९ असोज ५ र १२ गते पर्छ र त्यसपछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैं बीचको यिनै पाँच वटा आइतबार मात्रै हुन् । त्यसैले पनि यस बर्षको बर्का अट्वारी १५ गते नै हो भन्ने प्रमाणित हुन्छ ।–(केर्नी)प्रदेश नं. ५ सरकारले एउटै सरकारमा थारु समुदाय बहुल्य रहेको कपिलवस्तु र रुपन्देही जिल्लालाई सार्वजनिक विदा न दिइएको प्रति आपत्ति जनाउँदै एउटै समुदायको एउटै पर्व दुई पटक मनाउनु र सरकारले दिइएको सेवा सुविधाबाट बन्चित हुनु विडम्बना रहेको थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य जन्जिर प्रसाद थारुले बताए । उनले अगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरी थारु समुदायले मनाउने हरेक पर्वमा एकरुपता ल्याउनु आवश्यक रहेको जानकारी गराए ।

 

यस्तै जिल्लामै थारु समुदायका हक हितका लागि आवाज उठान गर्ने लगायतका जिम्मेवारी  पाएका संस्था थारु कल्याणकारी सभाका कपिलवस्तुका अध्यक्ष उमाशंकर थारुले थारु समुदायले अटवारी पर्व परपुर्वकाल देखि तिज पछि नै मनाउँदै आएको बताए । ५ नंं. प्रदेश सरकारले दिएको सार्वजनिक विदाबारे गुनासो गर्दै सरकारले विदा दिइएको निर्णय एकलौटी ढङ्गबाट भएको आरोप समेत उनले लगाए ।  

 

त्यसैगरी थारु समुदायमा एकरुपता ल्याउन जरुरी रहेको तर एक्लैले सम्ंभव नभएको रुपन्देही बासी समाजसेवी जनकवि बम बहादुर थारुले बताए । रुपन्देहीमा पनि थारु समुदायले तीज पछि नै अटवारी पर्व मनाएँदै आएका् जनकवि थारुले जानकरी गराउँदै आउँदो दिनमा राष्ट्रिय सम्मेलनमा जानकारी गराएर हुन्छ की मिडियमा आएर हुन्छ तर थारु समुदायमा एकजुट हुनु महत्पुर्ण रहेको उनले दावी गरे ।  

 

 

प्रतिकृया दिनुहोस