• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

कृषिमा आत्मनिर्भर बन्न युवा किसानलाई विषेश सहयोग गर्दै कर्णाली प्रदेश

Fm Radio Link

काठमाडौं, कर्णाली प्रदेशले कृषिमा आत्मनिर्भर बन्न युवा किसानलाई विषेश सहयोग गर्ने भएको छ । झन्डै ८७ प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रम बनाएको छ ।

 

सीआईएनसँग कुराकानी गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले यो कार्यक्रमबाट कृषि क्षेत्रमा लाग्ने युवालाई प्रोत्साहित गर्ने, सामाजीक सुरक्षाको सुनिश्चिम गर्ने बताउनुभयो ।

 

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा घोषणा गर्ने प्रदेश सरकारको सपना साकार पार्नका लागि कृषिमा आत्मनिर्भर बनाउन विभिन्न अर्गानिक उद्योग स्थापनाको काम पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस