• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

एमबिबिएस प्रवेश परीक्षा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश

Fm Radio Link

काठमाडौं, त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको एमबिबिएस प्रवेश परीक्षामा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ ।

 

चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आयुष ओझाले आदलतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो ।

 

भोली एमबिबिएसको प्रवेश परिक्षाको लागि मिति तोकिएको थियो तर सर्वाेच्चले आइओएमको प्रवेश परीक्षा तत्काललाई रोक्न आदेश दिएको हो । अदालतले छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन पनि आदेश दिएको हो । 

प्रतिकृया दिनुहोस