• २०८१ बैशाख २७ बिहीबार / Thursday, May 09

अमेरिकाले तालिबानसँग गर्ने भनिएको शान्ति सम्झौता भङ्ग

Fm Radio Link

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गर्ने भनिएको शान्ति सम्झौता भङ्ग गरिएको घोषणा गर्नुभएको छ । तालिबान र अफगानिस्तानका राष्ट्रपतिसँग यो विषयमा छलफल गर्नका लागि गर्नुपर्ने बैठक रद्द गर्दै सम्झौता भङ्ग गरिएको उहाँले आफ्नो सामाजीक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।

 

अफगानिस्तानको राजधानी काबुलमा गरिएको बम आक्रमणमा परि एक अमेरिकी सैनिकको मृत्यु भएको र तालिबानले घटनाको जिम्मा लिएको हुनाले सम्झौता नगर्ने उहाँले उल्लेख गर्नुभएको छ । भोली तालिबानका साथ सैद्धान्तिक रुपले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस