• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

हरिनगर गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ बाल दिवस

Fm Radio Link

हरिनगर,  आज राष्ट्रिय बाल दिवस नेपालमा धुमधामका साथ मनाईंदैछ । यो वर्षको बालदिवसको नारा ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ रहेको छ । यही अवसर पारेर सुनसरीको हरिनगर गाउँपालिकाले बाल दिवस मनाएका छन् ।

 

गाउँपालिकाको कार्यालय बाट सुरुभएको  ¥याली र हरिनगर बजारको परिक्रमा गरि हरिनगर उच्चमाध्यमिक बिधालय हरिनगराको खेलमैदानमा कोणसभा गरिएको थियो । ¥यालीमा हरिनगर गाउँपालिका भित्ररहेको समुदायक र संस्थागत बिधलायहरुका बालबालिकाहरु सहभागिता रहेको थियो ।

 

हरिनगर गाउँपालिकाले बाल दिवस आउनु भन्दा पहिला केही खेलकुद गराएको थियो । हामी सबैको प्रण सार्वजानिक शिक्षा प्रणाली सवलीकरण राष्ट्रिय बाल दिवस गाउँपालिका स्तरीय खेलकुद छनौट कार्यक्रम सम्पन्न भएको हो । हरिनगर गाउँपालिका अन्तर्गत रहेको माध्यमिक बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा छात्र र छात्रा तर्फको साइकल रेसलिङ्ग, छात्र तर्फको ४ सय मिटर र छात्रा तर्फ २ सय मिटरको दौड प्रतियोगिता, वीहल चेयर खेल लगायतको विविध कार्यक्रम गरी सम्पन्न भएको थियो ।

 

गाउँपालिकाको सहयोगमा बाल दिवसको उपलक्ष्यमा एक हप्तादेखी प्राथमिक विद्यालय र माध्यमिक विद्यालय स्तरीय खेलकुदका लागि विद्यार्थी छनौट गरी फाइनल खेलमा बिहिवार सहभागि भएका बालबालिकाहरुले बिभिन्न खेलमा प्रतिस्पर्धा गरी बिजयी प्राप्त गरेका थिए ।सो बालबालिकाहरुलाई आज प्रमाणपत्र र मेडल ,स्कुल ब्याग सहित बिजेताहरुलाइ प्रदान गरेको हरिनगर गाउँपालिका का अध्यक्ष गफार अन्सारीले बताए ।

 

आजको कार्यक्रम बालबालिकाहरु भित्र रहेको प्रतिभाहरु बालबालिकाले देखाएका थिए प्रतिभाहरु मा नाटक , एक्स्न तराना ,गित ,नृत्यआदि कलाहरु प्रस्तुत गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अजित कुमार मल्लिकले जनाए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभासद हाजी ताहिर अन्सारीले बालबालिका भन्नाले निक्कै सानो उमेरका केटाकेटीहरु र अधिकार भन्नाले कानूनी, परम्परागत वा नैतिक रुपमा प्राप्त न्यायोचित हक वा दावी हो। एउटा महत्वपूर्ण अधिकार जुन राज्यले बालबालिकालाई दिएको छ त्यसैलाई नै बाल अधिकार भनिन्छ। जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ। शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकूल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन्।

 

भनिन्छ बालबालिकाहरु भविष्यका कर्णधार हुन्। उनीहरुको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक हुन्छ। बालबालिका देशका भावी निर्माता हुन्। देशका भावी निर्मातालाई उमेरका कारणले मात्र विभिन्न अधिकारबाट वञ्चित गरिनु न्यायोचित नहुने तथा स्वस्थ र शिक्षित देश निर्माणको लागि पनि राज्यले बालबालिकालाई अधिकार प्रदान गर्नु पर्दछ प्रमुख अतिथी अन्सारीले भने ।

 

कार्यक्रमका विशिष्ट अतिथि हरिनगर गाउँपालिका का उपाध्यक्ष रिमझिम कुमारी भगतले वर्तमानको साझेदार र भविष्यका कर्णधार राष्ट्रिय चार्ड राष्ट्रिय बाल दिवस विगतका वर्ष जस्तै यस वर्ष पनि मनाउँदै छौँ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघीय महासभाद्वारा पारित बालअधिकार महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरी महासन्धिका ५४ वटा धारामा उल्लेखित बाच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार शुनिश्चित गरेको दिनको स्मरण गर्दै सेप्टेम्बर १४, भाद्र २९ को सन्दर्भमा विविध कार्यक्रम आयोजना गरी मनाईने प्रचलन रहेको बताए ।

 

सो कार्यक्रममा हरिनगर गाउँपालिका ७ वटै वडाका वडा अध्यक्ष र सचिवहरु ,गाउँकार्यपालिका सदस्य सुशील ठाकुर ,सबै बिधालयका प्रधानध्यापकहरु ,गाउँपालिका का कर्मचारीहरु ,समाजसेवीहरु ,संघसंस्थाहरुका प्रतिनिधिहरु ,इलाका प्रहरी कार्यालय हरिनगरा का प्रमुख लग्यतको उपस्थिति रहेको थियो । बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस