आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको तापक्रम बढ्दै गएकोमा विश्व समुदाय चिन्तित
काठमाण्डौँ, आज विश्व ओजोन तह बचाउ दिवस, विश्वभरी नै विभिन्न कार्यक्तम गरेर मनाइदैछ । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ ।
जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विश्व समुदाय चिन्तित छ । मानव, जीवजन्तु, चराचुरुङ्गी, वनजंगल जस्ता प्राकृतिक सम्पदाहरु भएकै कारण पृथ्वी रमाइलो छ । तर आज पृथ्वी जुन अवस्थामा छ अन्तिम सम्म त्यस्तै नहरने चिन्ता छ । कारणः पृथ्वीमा कार्बनको मात्रा बढ्दै छ । ओजन तह पातलिदै छ, यसको सीधा असर, पृथ्वीको तापक्रम दिन, दिनै बढ्दै छ । ६ लाख वर्ष यता देखि पृथ्वीमा कार्वनडाइ अक्साईडको मात्रा निरन्तर बढिरहेको छ ।
सन् १७५० अगाडि प्रति दश लाख हावाको कणमा कार्वनडाई अक्साईडको मात्रा २ सय ५० थियो । अहिले प्रति दशलाख हावाको कण कार्बनको मात्रा ४ सय १८ पुगेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको भनाइ छ । सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शुन्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ ।
यहि अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेड भन्दा माथि जानसक्ने मञ्चको अनुमान छ । जापान, अमेरिका, भारत, रुस, ब्राजिल लगाएत विकसित देशले ९५ प्रतिशत कार्वन उत्सर्जन गर्दछन् । ठूला ठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशिल देशहरुले पनि बराबरी भोग्नु परेको छ ।
२०१५ मा जलवायु परिवर्तन सन्बन्धी संयुक्त राष्ट्रसंघको संरचना महासन्धिको पक्ष राष्ट्रहरुको २१ औं सम्मेलनमा पृथ्वीको तापक्रम नियन्त्रण गर्न भूमीका खेल्ने बारेमा १७० वटा राष्ट्रले हस्ताक्षर गरेका छन् । वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । अहिले विकासशिल देश वनजङ्गल जोगाउने अभियानमा छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका वैज्ञानिक पवन न्यौपाने वन संरक्षण, वृक्षारोप जस्ता अभियान चलाउनुपर्ने बताउनुहुन्छ । विश्वभरी उत्सर्जन हुने कुल कार्वनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्दछ । तर विश्वमा बढेको कार्बन उत्सर्जनको मात्राले पार्ने असर भने पुरै पृथ्वीभरी परिरहेको छ ।
प्रतिकृया दिनुहोस5>