• २०८१ बैशाख २७ बिहीबार / Thursday, May 09

श्रम मन्त्रालयको गुनासो केन्द्रबाट ९२ प्रतिशत श्रमिकको गुनासो सम्बोधन

Fm Radio Link

काठमाडौं,  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको गुनासा सम्बोधन गर्न स्थापित कल सेन्टरले ९२ प्रतिशत गुनासा तथा जिज्ञासाको सम्बोधान गरेको पाइएको छ ।

 

बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कल सेन्टरले ९२ प्रतिशत गुनासा सम्बोधन गरेको पाइएको हो । बैदेशिक र आन्तरिक रोजगार क्षेत्रका श्रमिकका समस्या सुन्ने र समस्याको तत्काल समाधानका लागि माताहतका निकायलाई निर्देशन दिने उदेश्यले श्रममन्त्री गोकर्ण विष्टले गएको चैत्र १८ गते कल सेन्टरको शुभारम्भ गर्नुभएको थियो ।

 

कल सेन्टर मार्फत गएको साउन ३२ गतेसम्म १३ हजार दुइ सय ३२ गुनासा प्राप्त भएकोमा १२ हजार एक सय ३१ गुनासा सम्बोधन गरिएको बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै बैदेशिक रोजगार विभाग अन्तर्गतका गुनासा प्राप्त भएको पाइएको छ ।

 

गएको चैत महिनामा ९६, वैशाखमा चार सय ३९, जेठमा एक सय चार, असारमा ९३ र साउनमा ८८ गुनासा प्राप्त भएको पाइको छ भने ती मध्ये एक सय ४५ गुनासाको मात्र समाधान गरेको छ ।

प्रतिकृया दिनुहोस