प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज
काठमाडौं, पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हिजोका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज हुन लागेको हो ।
त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाईनल खेल आज दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । हिजो खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५–२३ र दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो ।
तेस्रो सेटमा पुलिस २३–१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बनेको थियो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस5>