नेपाली टोलीले आजदेखि अभ्यास सुरु गर्ने
काठमाडौं, नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको च्याम्पियनसिप फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । टोलीले आजदेखि खेल अभ्यास सुरु गर्ने भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले हिजो दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको हो । गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् ।
साफ १८ वर्ष मुनिको फुटबल आगामी असोज ३ देखि १२ गतेसम्म हुने छ । सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
प्रतिकृया दिनुहोस5>