• २०८१ बैशाख २३ आइतबार / Sunday, May 05

पोखराका पर्वतेलाई सांसद गिरीको शुभकामना

Fm Radio Link

पोखरा ।

प्रतिनिधि सभामा पर्वतबाट निर्वा्चित सांसद पदम गिरीले पोखरामा बसोबास गर्ने पर्वतबासीहरुका लागि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन । नेपालीहरुले मनाउने चाड पर्वलाई लक्षित गरी गिरीले पर्वत घर भएर पनि विभिन्न ब्यवसाय तथा रोजगारीका लागि पोखरामा बस्ने पर्वतबासीहरुका माझमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका हुन ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले पर्वतमा विकासको गति जनताले सोचेकै दिसामा अघि बढिरहेको भन्दै जनताले हालेको मत खेर नजान दावी गरे ।

प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पर्वतबासीले दिएको भारी मतको सदुपयोग गर्न आफू दिन रात पर्वतकै विकास निर्माणको काममा लागि परेको बताउँदै केहि बर्षमै त्यसको नतिजा पर्वतबासीले प्राप्त गर्ने दावी गरे ।

उनले सडक पूर्वाधारको मात्रै विकास गर्दा पनि गाउँमा अन्य धेरै कुराहरुको विकास हुने भन्दै सडकसंगै खानेपानी, स्वास्थ्य र सिंचाईलाई प्राथमिकतामा राखेर विकास निर्माणका अन्य कामहरुमा आफू जुटिरहेको बताए ।

निर्वाचनमा मतदान गर्ने तर बसाई पोखरा हुने जनतासंग निरन्तर घुलमिल हुँदै जिल्लाको विकासका विषयमा अन्तरक्रिया समेत होस भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको सांसद गिरीको भनाई छ ।
 

प्रतिकृया दिनुहोस